Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौँ र ललितपुरका सरकारी कार्यालय आज खुल्ने

काठमाडौँ र ललितपुरका सरकारी कार्यालय आज खुल्ने

  • काठमाडौँ । आज काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सरकारले आइतबार र सोमबार सार्बजनिक बिदा दिएको भएपनि सोमबार मौसममा उल्लेख्य सुधार भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले सोमबार जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

    AGNI GROUP

    यसअघि आइतबार गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।

    मन्त्रालयले विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको थियो । असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन्।

    यसअघि सरकारले विपद्को जोखिमलाई मध्यनजगर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij