Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इलाममा बाढीपहिरोबाट १७ जनाको मृत्यु

इलाममा बाढीपहिरोबाट १७ जनाको मृत्यु

  • काठमाडौँ । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा पहिरोबाट मानवीय क्षति भएको छ ।

    onlinepatrika
    Arghakhachi

    इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ।

    AGNI GROUP

    यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव फेला परेको थियो भने एक जनाको अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    यसैगरी इलामको देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । सो घरबाट एक जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ भने 

    फाकफोकथुम गाउँपालिका–३ रातोमाटेका सुरेश लिम्बुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij