Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो- महासचिव पोखरेल

देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो- महासचिव पोखरेल

  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट आफूलाई जोगाउन नसकेको टिप्पणी गर्दै वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइएको बताएका छन् ।

    AGNI GROUP

    उनले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न नसकेको पोखरेलले स्वीकार गरेका छन् । उनले नव युवाहरुको विश्वास जितिने बताउदै ढिलो चाडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने र फर्काइने दाबी गरेका छन् ।

    उनले भनेका छन्- 

    हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता,  लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।

    ढिलोचाडो मुलुक लोकतन्त्रको जनसार्वभौम वाटोतिर फर्कने छ र फर्काइने छ । नव युवाहरुको विश्वास जितिनेछ । नेकपा(एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij