Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलनका घाइतेलाई सरकारले भैपरीखर्च बापत २० हजार तत्काल दिदै

जेनजी आन्दोलनका घाइतेलाई सरकारले भैपरीखर्च बापत २० हजार तत्काल दिदै

  • काठमाडौँ । जेनजी आन्दोलनका घाइतेलाई सरकारले भैपरी खर्च बापत २० हजार तत्काल दिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गृह मन्त्रालयले तत्कालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइते भएका व्यक्तिहरुलाई भैपरी खर्चवापत २० हजार दिने जनाएको छ ।

    AGNI GROUP

    मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने गरी प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको हुँदा घाईते भई उपचारार्थ अस्पताल जाँदाको विरामी टिकटपुर्जा /कार्डसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा सम्पर्क राख्न आग्रह गरेको छ ।

    गृहमन्त्रालयको विज्ञप्ति: 

    मिति २०८२/०६/१२ को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार मिति २०८२ भदौ २३ र २४ गते जेन-जी ( Gen-Z) युवाहरूको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई पहिचान एवम् सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा गृह मन्त्रालयले आजैबाट परिचयपत्र वितरण गर्ने कार्य प्रारम्भ गरिसकेको छ । साथै सोही निर्णयानुसार तत्कालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइते भएका व्यक्तिहरुलाई भैपरी खर्चवापत रु. २०,०००/- (अक्षरेपी वीस हजार रुपैया मात्र) का दरले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने गरी प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको हुँदा घाईते भई उपचारार्थ अस्पताल जाँदाको विरामी टिकटपुर्जा / कार्ड सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij