Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा छन् ।
२६ वर्षीय लामा विरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।
महाराजगन्जमा कार्यरत प्रहरी कर्मचारीको हत्यामा संलग्न आरोपमा यसअघि दुई जना पक्राउ गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij