Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सँगै रहेका मध्य एक जना सम्पर्कविहीन भएपछि प्रहरीले तीन जना उनका साथीहरुलाई सोधपुछ गरिरहेको छ । धनगढीका ३५ वर्षीय वीरेन्द्र चन्द रातिदेखि सम्पर्क बिहिन छन् ।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले वीरेन्द्रको मोबाइल स्वीच अफ रहेको र हालसम्म पनि सम्पर्कबिहीन भएपछि सोधपुछ गरिएको बताए ।
उनी सम्पर्कबिहीन भएपछि गएराति सँगै रहेका धनगढी उपमहानगरपालिका गोदावरी बस्ने उनका तीन साथीहरु विनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
‘चन्दको परिवारको सूचनाका आधारमा गएराति संगै रहेका तीन जना साथी माथि सोधपुछ भइ रहेको छ,’ डिएसपी सिंहले भने ‘ प्रहरीको नियन्त्रणमा रहेका तीनै जनाले चन्द घर जान्छु भनेर गएको भनेका छन् ।’ प्रहरी स्रोतका अनुसार दसैंको अवसरमा चार जना साथीले गएराति सँगै मदिरा सेवन गरेका थिए ।
तर, चारमध्ये चन्द हालसम्म पनि सम्पर्कमा नआएको तथा मोबाइमा पनि सम्पर्क हुन नसकेको डिएसपी सिंहले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । प्रहरीले चन्दको खोजी कार्यपनि जारी राखेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij