Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

भवनर संरचनाक्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु

भवनर संरचनाक्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु

  • काठमाडौं । भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंमा विभिन्न सरकारी तथा निजी निकायका संरचना एवम सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ । आन्दोलनकारीले सडकमा उग्र प्रदर्शन गर्दै भवन, सवारीसाधन र कार्यालयका उपकरणमा व्यापक तोडफोड गरेका थिए । यस क्रममाउद्योगविभागको भवनसमेत तोडफोडमा परेको छ ।

    onlinepatrika
    Arghakhachi

    आन्दोलनका क्रममा केही व्यक्तिहरूले विभागको कार्यालयमा प्रवेश गरी यातायातका साधन, कम्प्युटर, फर्निचर लगायत भौतिक संरचनामा क्षति पु¥याएको पाइएको छ ।

    AGNI GROUP

    उद्योग विभाग कार्यालयका निर्देशक पशुपति पुरीका अनुसार आन्दोलन पछि कार्यालयमा ठूलो मात्रामा क्षति भए पनि सेवामा भने पूर्णरुपमा अवरोध हुन दिइएको छैन् ।

    उनले आन्दोलनको दुई दिन पछि विभागले आफ्नो सेवा सुचारु गरिसकेको जानकारी दिए । ‘बाहिरबाट हेर्दा क्षति धेरै भएको देखिन्छ, तर हाम्रो प्राथमिकता नागरिकलाई सेवा दिनु हो,’उनले भने,‘त्यसैले भौतिक क्षति भए पनि काम रोकिएको छैन ।’

    पुरीका अनुसार अहिले विभागले क्षतिको विवरण संकलन गरी मूल्यांकनको चरणमा ल्याएको छ । आन्दोलनकारीले भवन बाहिर मात्र नभई कार्यालय भित्रप्रवेश गरेर कम्प्युटर र महत्वपूर्ण फाइल समेत तोडफोड गरेको विभागले जनाएको छ ।

    ‘भौतिक संरचना पुन र्निर्माण तत्काल सम्भव छैन,’ पुरीले भने,‘तर सेवामा अवरोध हुनदिने छैनौं । पुनर्निर्माणको सवालमा सरकारले छिट्टै ठोस निर्णय लिने अपेक्षा गरेका छौं ।’

    उनले आन्दोलनको स्वरुपबारे मिश्रित धारणा राखेका छन् । सुरुवातमा केही नियम सुधारका माग सहित आन्दोलन सुरु भए पनि पछि यसमा अन्य समूह घुसपैठ गरी लुटपाट र तोडफोड गरेको देखिएको बताए ।

    ‘शान्तिपूर्ण सुधारका लागि आन्दोलन हुनु सकारात्मक हो, तर यति उग्ररुप लिने अवस्था जेनजीहरूले मात्र बनाउन सक्दैनन्, अरु समूह पनि संलग्न भएको देखिन्छ,’उनले भने ।

    यसैबीच, विभागले सेवामा निरन्तरता दिइरहेको छ । कार्यालय बाहिर क्षतिग्रस्त दृश्य भए पनि भित्र भने सामान्य काम काज सञ्चालन भइरहेका छन् । उद्योग विभागले हालका लागि प्राथमिकता सेवा सुचारु राख्ने, क्षति विवरण संकलन गर्ने र दीर्घकालीन रुपमा पुन निर्माण तर्फ सरकारले ध्यानदिने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij