Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

  • काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ । क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    “कार्यालय क्षतिग्रस्त भएर कामै नलाग्ने भएपछि कहीँबाट भएपनि सेवा त सुरु गर्नुपर्‍यो”, प्रमुख सुवेदीले भने, “त्यसैले क्यान्टिनसफा गरेर राजस्व सङ्कलन सुरु गरेका छौँ ।” अन्य सेवा कसरी सञ्चालन गर्ने भवनको खोजी गरिरहेको उनको भनाइ छ ।

    AGNI GROUP

    प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताए । क्षति विवरण सङ्कलन भइरहेकाले कति मूल्य बराबरको क्षति भएको यकिन भइ सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij