Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उज्यालो महानगर योजना

१० करोडको लागतमा ६२ लाइट जोडिदै

१० करोडको लागतमा ६२ लाइट जोडिदै

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिगत ३ बर्ष देखि विविध कारणबस  रोकिएको उज्यालो महानगर योजना फेरी शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको नगर प्रमुख बालेन शाहले जानकारी दिएको छ।

    AGNI GROUP

    बालेनले हालसम्म १२ वटा लाइट जडान भइसकेको जानकारी दिदै बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताएका छन् । अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरि हाल बलिरहेको उल्लेख गरेका छन् । 

    साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताउदै बालेनले यसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट