Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एम्बुलेन्स वितरण

देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स

देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ । मंगलबार आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि आ.व. २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी-क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो । बोलपत्र प्रक्रियामार्फत अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।

    AGNI GROUP

    आ.व. २०८१/८२ मा समेत रु. ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेटमा ८ करोड १० लाख रकम छुट्याइएको छ ।

    महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट