Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुई जना मन्त्रीहरुको जिम्मेवारी कटौती

दुई जना मन्त्रीहरुको जिम्मेवारी कटौती

  • काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दा यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् । अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् ।

    AGNI GROUP

    कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ । मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । कुलमान घिसिङ र सिन्हालाई तीन- तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    रामेश्वर खनाललाई २ मन्त्रालयको जिम्मेवारी दिइएको छ । डा.मदन परियारलाई कृषि, महाविर पुनलाई शिक्षा र जगदिश खरेललाई सञ्चार गरी एक/एक मन्त्रालय मात्र दिइएको छ । अरु मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij