Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो

नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो

दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो ।

  • काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह एक घण्टा सारिएको छ । शीतल निवासमा यसअघि दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री सुशीला कार्कीले हिजै ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिरहँदा पठाइएका नाममा अहिले ‘होल्ड’ मा राख्न भनिएकोले मन्त्रि नियुक्ति विलम्ब भइरहेको छ ।

    AGNI GROUP

    स्वास्थ्यमन्त्रीमा संगीता मिश्रा, आविश्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्‍य पुनस्संरचना समितिका संयोजक मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो ।

    अख्तियारमा छानबिन चलिरहेको भन्दै मिश्रा विवादित बनेपछि मन्त्रिमण्डल विस्तार होल्ड भएको बताइएको छ । मन्त्रीको नाम चेन्ज हुन सक्ने भन्दै होल्ड गर्न भनिएको स्रोतले बतायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij