Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

उत्कृष्ट प्रहरी घोषित भए इन्स्पेक्टर यादव

उत्कृष्ट प्रहरी घोषित भए इन्स्पेक्टर यादव

उत्कृष्ट प्रहरी कार्यका निम्ति जिल्ला प्रहरी कार्यालय धनुषाले इन्स्पेक्टर जटाशंकर यादवलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।

  • काठमाडौं । उत्कृष्ट प्रहरी कार्यका निम्ति जिल्ला प्रहरी कार्यालय धनुषाले इन्स्पेक्टर जटाशंकर यादवलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । इलाका प्रहरी कार्यालय, ढल्केवरमा कार्यरत इन्स्पेक्टर यादवले अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका कारण महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले जेनजी आन्दोलनका क्रममा कार्यालयको सुरक्षा, भौतिक तथा मानवीय क्षति हुन नदिने काममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रायः जसो प्रहरी कार्यालय आगजनी हुँदा उनले आफ्नो कार्यालय सुरक्षित राखेका थिए ।

    AGNI GROUP

    सोही आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका कैदीमध्ये यादवले ५ जनालाई पक्राउ गरी कारागार कार्यालयमा बुझाएका थिए । भदौ ६ गते गणेशमान चारनाथ नगरपालिका- ६ मा मोबाइल चोरी गर्ने तीन व्यक्तिलाई पक्राउ गरी मोबाइलसमेत बरामद गरेका थिए ।

    विदेह नगरपालिका- ३ स्थित हनिफ मन्सुरीले सञ्चालन गरेको भगवती पिक्स इटा भट्टाबाट उनले ४७५ केनी गाँजा बरामद गरेका थिए ।

    गाँजाको साथमा एक व्यक्तिलाई पक्राउ गरी र प्रदेश ०३-०१-०२४ च ८३२५ नम्बरको गाडी नियन्त्रणमा लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij