Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

प्रधानमन्त्रीलाई भेटेर निस्किएका विपीनकी बहिनी र आमाले भने- आमाको पीडा बुझ्नुहोला नि !

  • काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार सिंहदरबार पुगेर बिपिनका आमा र बहिनीले रिहाईका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि बिपिनका आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिदा पनि केहि नजिता नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन् ।

    AGNI GROUP

    त्यस्तै विपिनका बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताइन् । भेटमा प्रधानमन्त्रीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताउनुभएको पुष्पाले जानकारी दिइन् ।

    विपिन जोशी नेपालको नागरिक भएकाले नेपालमा सकुशल फिर्ता ल्याउन कुनै एकले मात्रै नभइ सवै मिलेर पहल गर्नुपर्ने उनले बताइन् । यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरुको तस्वीर सार्वजनिक गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij