Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्ततः युएईको भिसा प्राप्त गरेको छ । भिसा पाएसँगै टोली भोलि प्रस्थान गर्ने तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिसा रोक्दै आएको छ । खेलाडीहरूले केही दिनअघि भिसाका लागि आवेदन दिएका भए पनि नियमित प्रक्रियाबाट ढिलो भएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग पहल गरेको थियो ।
यसबीच, वेस्ट इन्डिजसँगको टी–२० श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरिसकेको छ । अनलाइनमार्फत टिकट बिक्री सुरु भइसकेको छ ।
नेपालले वेस्ट इन्डिजसँग २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी–२० खेल खेल्नेछ । प्रतियोगिताको सम्पूर्ण खर्च तथा व्यवस्थापन नेपाल क्रिकेट संघले गर्ने जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij