Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेस आगजनीबाट ध्वस्त भएको केन्द्रीय पार्टी कार्यालय भवन सरसफाइमा सहयोग गर्न आग्रह गरेको छ । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै असोज ५ गते (आइतबार)देखि पार्टी कार्यालय सरसफाइ हुने भएकाले सहयोग गर्न आग्रह गरेका हुन् ।
पार्टी कार्यालयमा भएको सम्पूर्ण क्षतिको विवरण आइतबार सार्वजनिक गरिने भन्दै उनले शोकलाई शक्तिमा बदलेर उस्तै जोस जाँगर र उत्साहका साथ देश र जनताका लागि क्रियाशील हुने उल्लेख गरे ।
विज्ञप्तिमा भनिएको छ,ʻयस प्रदर्शनका क्रममा मुलुकका करिब एक सय व्यक्तिको ज्यान गएको, सयौँ घाइते भएका र सरकारी तथा निजी गरेर खर्बौंको सम्पत्ति क्षति भएको र सिंगो राष्ट्र शोकमा डुबेको अवस्था भएकाले हामीले पनि पार्टीका साथीहरूले आफ्नो पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भन्ने मनसायले केही दिन शोक मनाउँदै पार्टी केन्द्रीय कार्यालय असोज ४ गते सम्म जस्ताको तस्तै राख्ने विचार गर्र्यों ।ʼ
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय ʻबीपी स्मृति भवनʼ पनि जलाएर ध्वस्त बनाए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij