Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आन्दोलनमा घाइतेका लागि एमाले मुख्यालयमा रक्तदान

आन्दोलनमा घाइतेका लागि एमाले मुख्यालयमा रक्तदान

  • काठमाडौं । नेकपा एमालेको जनसङ्गठन रिटर्नी फेडेरेशन नेपालले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संविधान दिवसको अवसर पारेर आज शुक्रबार भग्नावशेष मात्र रहेको पार्टी कार्यालय च्यासलको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ६० पिन्ट रगत सङ्कलन भएको सङ्गठनका अध्यक्ष विनोद भट्टराईले जानकारी दिए ।

    AGNI GROUP

    भदौ २३ र २४ गते जेन्जीहरूले गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा सहजता प्रदान गर्न रक्तदान कार्यक्रम गरिएको उनको भनाइ छ । उक्त आन्दोलनका क्रममा घाइते भएकाहरूको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको तथा रगतको समेत अभाव भएको भन्ने सूचनाहरूलाई दृष्टिगत गरी आज संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष भट्टराईले बताए ।

    संविधान दिवस मनाउन पार्टी कार्यालय च्यासल पुगेकाहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij