Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा एक व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ । गोकर्णेश्वरस्थित आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि खुकुरी आक्रमण भएको प्रहरीले जनाएको छ ।
आक्रमणबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेर उनी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
घटनापछि प्रहरीले सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेका तामाङ पन्तको कोठामा पुगेपछि उनीमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
हाल तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij