Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार १०७ अंकले घटेर सर्किट ब्रेक

सेयर बजार १०७ अंकले घटेर सर्किट ब्रेक

  • काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०७।०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको दुई मिनेटमा नै बजार ४ प्रतिशत घटेर २० मिनेटका लागि बन्द भएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त अवधिमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । दुई मिनेट अवधिमा १५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    AGNI GROUP

    कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिएको हो । अब बजार ११ बजेर २२ मिनेटमा खुल्नेछ ।

    कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ । 

    १ बजेसम्म बजार ६ प्रतिशत बढे बजार दिनभरका लागि बन्द रहन्छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij