Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

जेन जी आन्दोलन: २८ शवको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे

जेन जी आन्दोलन: २८ शवको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे

  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ती शव परिवारजनले अन्त्येष्टि गर्न लगेको अस्पताल स्रोतले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर ज्यान गुमाएका तीन जना प्रहरीको शव समेत परिवारले बुझिसकेको छ ।

    AGNI GROUP

    यसैबीच, अस्पतालमा हाल १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ भने पाँच जनाको पोस्टमार्टम पूरा भए पनि आफन्तले अझै बुझ्न बाँकी छ । नयाँ बानेश्वरमा भएको झडप र आगजनीमा ज्यान गुमाएका आठ जना मृतकको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

    गृह मन्त्रालयले पहिचान खुल्न बाँकी शवसहित सबै मृतकलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij