Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरुले उठाउने अभियान थालेका छन् ।
उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म आफूहरुले यो अभियान थाल्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उनको भनाइ छ । दुई कर्मचारी राखेर यसरी फोहर उठाउन थालिएको हो ।
समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उनको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहर उठ्न सकेको थिएन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij