Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले विकसित घटनाबारे महत्त्वपूर्ण निर्णय लिन भन्दै बैठक बोलाइएको हो ।
बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गरिएको जनाइएको छ । जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरुलाई राजनीतिबाट बिदा लिन दबाब बढिरहेको बेलामा भट्टराईले पार्टीको विशेष विस्तारिक बैठक डाकेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij