Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुटिएका सरसामान किनबेच गरे कारबाही

लुटिएका सरसामान किनबेच गरे कारबाही

  • काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी​ ) ले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार सूचना प्रकाशित गर्दै सीआईबीले लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गर्दै त्यस्ता सामग्री खरिद तथा बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

    AGNI GROUP

    सिआईबीले भनेको छ- 

    '२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक वित्तीय संस्था लगायतका संरचनाहरूमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार, अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा सीआईबीबाट अनुसन्धान भइरहेको र त्यस्ता सामानहरूको खरिद तथा बिक्री नगर्न नगराउनु हुन अनुरोध गर्दछौं । यस्ता कुनै जानकारी तथा सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा खबर गर्नुहुन वा बुझाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ।'

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट