Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पुटिनका आलोचकलाई जेल सजाय

पुटिनका आलोचकलाई जेल सजाय

  • काठमाडौँ।  मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै साढे तीन वर्षको जेल सजाय सुनाएको छ। गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनी त्यसयता हिरासतमै छन्।

    images
    images
    images

    गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार गराएका थिए। मस्कोमा हिंसात्मक घटनाहरू भएका छन् ( सामाजिक सञ्जालमा देखिएका भिडि‌‌ओहरूमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र पक्राउ गरिरहेको देखिन्छ।

    हमलाका दोषी पुटिनु

    नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन्। नभाल्नीले यसअघि नै घरमै नजरबन्दमा एक वर्ष बिताइसकेका छन्। 

    उक्त अवधिलाई जेलसजायबाट घटाइनेछ। मस्कोमा रहेकी सारा रेन्सफोर्डका अनुसार नभाल्नीले उक्त खबरप्रति कडा प्रतिक्रिया जनाएका थिए। अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई ूविष दिने व्यक्तिू भनेका थिए र आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए।

    प्रहरीको बाक्लो उपस्थिति 

    उनका समर्थकहरूले तत्काल प्रदर्शनको आह्वान गरेका थिए र मस्कोको केन्द्र भाग र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै सयौं मानिस भेला भएका थिए। अनुगमनकर्ताका अनुसार मस्कोमा मात्रै ८०० भन्दा बढीलाई गिरफ्तार गरिएको छ।

    नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन्। अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन्। युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले ूविश्वसनीयतालाई उपेक्षाू गरेको जनाएको छ ।

    अन्तर्राष्ट्रिय प्रतिक्रिया

    यूकेका विदेशमन्त्री डोमिनिक राबले फैसलालाई ूखोटयुक्तू भनि व्याख्या गरेका छन्। त्यस्तै जर्मनीका विदेशमन्त्री हाइको मासले फैसला ूदृढ रुपमा स्थापित नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि धक्काू भएको बताए।

    अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन्। उनले ूआफ्ना नागरिकको अधिकार कायम राख्न विफलू भएको प्रति रुसलाई जवाफदेही बनाउन पनि आफ्ना साझेदारहरूसँग निकट रुपमा काम गर्ने बताएका छन्।

    रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमा देशहरूलाई प्रतिक्रिया जनाउँदै उनीहरूलाई आफ्नै समस्यामा केन्द्रित हुन भनेकी छन्। ूसार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन उनले रुसी टिभीलाई भनिन्। बीबीसी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij