Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बाजुरामा शान्ति सुरक्षाको स्थिति सामान्य बनेपछि शुक्रबारबाट जारी निषेधाज्ञा पनि हटाइएको छ । २५ गतेबाट जारी कफ्र्यु बिहीबार हटाई निषेधाज्ञा जारी गरिएको थियो ।
परिस्थिति सामान्य बनेपछि निषेधाज्ञा पनि हटाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले आजदेखि जारी निषेधाज्ञा एक सूचना मार्फत हटाइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न भदौ २५ गते बिहान ११ बजेदेखि लगाइएको कफ्र्यु र शुत्रबारबाट जारी निषेधाज्ञा हटाइएको बताए । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर हिजो अर्थात २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्दै जनजीवनलाई सामान्य बनाउन, सेवा सुचारु गर्न तथा बजार व्यवस्थालाई क्रमिक रुपमा चलायमान बनाउन सबैलाई सहयोगका लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल द्वारा जारी सूचनामा भनिएको छ ।
यहीँ भदौ २३ र २४ गते काठमाडौं सहित देशभर जेनजी युवाहरुको आन्दोलनको घटना पश्चात् उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा पनि कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो । प्रशासन कार्यालयले जिल्लाभर कफ्र्यु तथा निषेधाज्ञा हटाएसँगै सदरमुकाम मार्तडी लगायतका मुख्य बजारहरुमा चहलपहल बढ्नुका साथै जनजीवन सामान्य बन्दै गएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij