Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ‘जेन–जे’ पुस्ताको अडानपछि संसद विघटन गर्न राष्ट्रपति तयार भएका छन् । शितल निवासमा शुक्रबार अपरान्ह भएको छलफलमा उनी संसद विघटन गर्न तयार भएका हुन् ।
यससँगै पूर्वप्रधानन्यायाधीश कार्की आजै अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने भएकी छन् । उनलाई युवा पुस्ताको विद्रोहको आधारमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिने छ ।
साथै, आजै देशमा संकटकाल घोषणा गरी सेना परिचालन गरिने भएको छ । यससँगै २०७२ सालको संविधान करिव अन्त्य हुने देखिएको छ ।
राजनीतिक बेथिति, भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दविरुद्ध नयाँ युवा पुस्ताले गरेको आन्दोलनले सत्ता पलट भएसँगै भदौ २४ देखि देश सरकारविहीन, राजनीतिक र संवैधानिक शुन्यताको स्थितिमा थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij