Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

सरकारको ‘एक्सन’पछि सूचीकरणमा चासो : हाम्रो पात्रो र मेटापछि एक्स र विच्याट पनि सरकारसँगको सम्पर्कमा

सरकारको ‘एक्सन’पछि सूचीकरणमा चासो : हाम्रो पात्रो र मेटापछि एक्स र विच्याट पनि सरकारसँगको सम्पर्कमा

  • काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिने सरकारको निर्णयसँगै त्यस्ता सूचीमा रहेका सञ्जालहरूले सूचीकरणका लागि धमाधम चासो देखाउन थालेका छन् । 

    images
    images
    images

    हाम्रो पात्रो र मेटापछि एक्स (पहिले ट्विटर) र विच्याटले पनि सूचीकरण हुन आउन चासो देखाएको जनाइएको छ । 

    images

    निष्क्रिय भएका सामाजिक सञ्जालमध्ये एक्स र विच्याटका प्रतिनिधिले पछिल्लो पटक चासो देखाएको सञ्चार मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्यालले जानकारी दिए । ‘एक्स र विच्याटले चासो देखाएको छ, आधिकारिक रूपमा निवेदन दिइसकेको भने छैन,’ उनले भने ।

    यसअघि बिहीबार नै हाम्रो पात्रोले सूचीकरणका लागि निवेदन दिएको थियो । अहिले हाम्रो पात्रो सूचीकरण हुने प्रक्रियामा छ । त्यस्तै फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधिले पनि सिंगापुरबाट सम्पर्क गरेको जनाइएको छ । सम्पर्क गरेका प्रतिनिधिलाई इमेलमार्फत प्रक्रिया र आवश्यक पर्ने कागजातबारे विवरण उपलब्ध गराइएको छ । 

    बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनपछि शुक्रबार बिहानैदेखि ती सामाजिक सञ्जालमा समस्या आएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट