Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । दशरथ रंगशालामा भदौ २१ र २४ गते हुने नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले उठाउने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले दुवै खेलहरूको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहने जानकारी दिए ।
खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुनेछ । खेलहरूका लागि तीव्र रूपमा तयारी अगाडि बढाएको एन्फाले जनाएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij