
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्।
सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
उनले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij