
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । भक्तपुर र कास्कीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोट तर्खालस्थित सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का सहित ५ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । उनीहरूको साथबाट ४१ हजार नेपाली रुपैयाँ, ३ हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, कास्कीको पोखरा–८ बगालेटोलमा लक्ष्मण कुवँरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसहित ८ जनालाई पक्राउ गरिएको हो । उनीहरूबाट नगद १ लाख २१ हजार ४ सय २५ रुपैयाँ र १ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij