Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज पर्वको पहिलो दिन व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने प्रचलन रहेको छ। त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिने गरिन्छ ।

    AGNI GROUP

    तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा पनि लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

    पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुन्छ ।

    ठाउँठाउँमा पर्वको अवसरमा आजैदेखि देउडा समेत खेलिने प्रचलन छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij