Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपाले पुराना मन्त्रीलाई फिर्ता बोलायो, नयाँ मन्त्री पठाउने निर्णय

जसपाले पुराना मन्त्रीलाई फिर्ता बोलायो, नयाँ मन्त्री पठाउने निर्णय

  • काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शनिबार बसेको पदाधिकारी बैठकमा अहिले सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको हो ।

    AGNI GROUP

    सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाएकोले अहिले सरकारमा भएकाहरुलाई राजीनामा दिन अशोक राईले निर्देशन दिएका छन् ।

    दुवै मन्त्रीलाई यही भदौ ११ गतेभित्रै राजीनामा दिन राईले निर्देशन दिएको बताइएको छ । भदौ ११ गतेभित्रमा पनि राजीनामा नआए सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीहरु फिर्ता बोलाउने पदाधिकारीको निर्णय गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij