Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्डले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित

प्रचण्डले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित

  • काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ । दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

    onlinepatrika
    Arghakhachi

    शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ पुस्तकका सन्दर्भमा वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरेका थिए ।

    AGNI GROUP

    प्रचण्डले बुधवार सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए ।

    त्यसको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए । बैठक स्थगितको कारण नखुलेपनि अध्यक्षलक्षित शर्माको पछिल्लो भनाइपछि हेडक्वार्टरको केही तयारी रहेको स्रोतले बतायो ।

    कार्यालय सचिव गणेशमान पुनले बैठक तय भएपनि व्यस्त सेड्युलका कारण अहिले स्थगित गरिएको बताए ।

    ‘बस्ने कि भन्ने थियो । तर, टाइट सेड्युलका कारण आज नबस्ने भयो’, उनले बताए ।

    यसअघिको माओवादी बैठकले उपमहासचिव जनार्दनको गतिविधि लक्षित गर्दै पार्टीभित्रको गुट उपगुट नै समस्याको रूपमा रहेको निचोड निकाल्दै स्वार्थ समूह चलाए कारबाही गर्ने निर्णय निकालिएको थियो ।

    बैठकपछि अध्यक्ष प्रचण्डले अपानी पठाउँदै शर्माले आत्मालोचना नगरेको भन्दै गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउनू निर्देशन गरिएको लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij