
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २३५० मा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij