Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘नाडा अटो शो’मा आकर्षणको केन्द्र बन्यो ‘उड्ने कार’

‘नाडा अटो शो’मा आकर्षणको केन्द्र बन्यो ‘उड्ने कार’

  • काठमाडौं । आज (मंगलबार) बाट सुरु भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) अटो शोमा उड्ने कारको नामले परिचित सवारी आकर्षणको केन्द्र बनेको छ ।

    onlinepatrika
    Arghakhachi

    भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा दिपलले बजारमा ल्याएको उड्ने कारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

    AGNI GROUP

    एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरी नेपालमा नयाँ युगको मोबिलिटीको सुरुवात भएको सन्देश दिँदै इभिटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) लाई नाडा अटो सोमा प्रदर्शनीमा राखेको हो ।

    उक्त सवारी नाडा अटो शोको आकर्षण बनेको हो । उद्घाटनपछि प्रधानमन्त्री ओलीले त्यसको अवलोकन समेत गरेका थिए । साथै एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राखेको छ ।

    जसले आगन्तुनसँग प्रत्यक्ष संवाद गर्दै मानिसको जस्तो गतिविधि गरेको छ । प्रधानमन्त्री ओलीले दुवै वस्तुको अवलोकन गरेका हुन् ।

    हरेक वर्ष हुने नाडा अटो शो मा आगन्तुकहरुको भीड लाग्ने गरेको थियो । यसवर्ष पनि पहिलो दिनमा नै भीड लागेको छ । साथै आगन्तुकहरुको आकर्षणको केन्द्र उही उड्ने कार बनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij