Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मौसम

आजको मौसम : कोसी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोसी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागले दिउँसो देशभर साधारणतया बदली रहनुको साथै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

    AGNI GROUP

    साथै, मधेस प्रदेशको तराईको एकदुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार, आज राति भने कोसी, गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोसी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोसी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij