Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोङ्गबुमा पत्नी हत्या गर्ने युवक पर्साबाट पक्राउ

गोङ्गबुमा पत्नी हत्या गर्ने युवक पर्साबाट पक्राउ

  • काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित गोङ्गबुको एक गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु घर भएका ३२ वर्षीय सन्तोष सेन्चुरी रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदैछ । साउन २७ गते सेन्चुरीले पत्नी ललिता विकलाई ‘घुम्न जाऊँ’ भनेर गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर हत्या गरेका थिए । उनले शवलाई बक्स पलङमुनि लुकाएर भागेका थिए । घटनापछि साउन २८ मा उनले प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको’ भन्दै हुलिया निवेदनसमेत दिएका थिए। तर, साउन ३० गते राति प्रहरीले गेस्ट हाउसमा ललिताको शव फेला पारेपछि सेन्चुरी फरार भएका थिए ।

    AGNI GROUP

    पक्राउ परेका सेन्चुरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij