Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न दुई जना पक्राउ

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न दुई जना पक्राउ

  • काठमाडौं । अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित नेक मोटरसाईकल वर्कशपका संचालक बहुदरमाई नगरपालिका-२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

    उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एण्ड लजमा लगी २०८२ वैशाख २० गते जबरजस्ती करणी गर्नुका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३ गते बिहान छाडी फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    उनीहरू उपर अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij