
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैङ्कका अनुसार आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १२ पैसा र विक्रीदर ३६५ रुपैयाँ ६७ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij