Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

लगातारको ६ हारपछि टी-२० खेलमा वेस्ट इन्डिजको जित

लगातारको ६ हारपछि टी-२० खेलमा वेस्ट इन्डिजको जित

  • काठमाडौँ । वेस्ट इन्डिजले पाकिस्तान विरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ ।

    images
    images
    images

    आइतबार बिहान सम्पन्न खेलमा पाकिस्तानले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै अन्तिम बलमा जित हासिल गरेको हो ।

    images

    वेस्ट इन्डिजले यस अघि अस्ट्रेलिया विरुद्धको ५ खेलको सिरिजका सबै खेल हारेको थियो भने यस सिरिजको पहिलो खेल पनि हारेको थियो ।

    टी-२० क्रिकेटमा लगातारको ६ हारपछि वेस्ट इन्डिजले जित हासिल गरेको छ । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

    वेस्ट इन्डिजको यो जित पछि तीन खेलको सिरिज १-१ भएको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij