
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ । पार्टीको अनुशासन समितिको निर्णयअनुसार श्रेष्ठलाई अध्यक्ष पदबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगमा पत्र दर्ता गरेर गराइएको हो ।
पार्टीका अनुसार अध्यक्ष श्रेष्ठले विधान विपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई पदमुक्त गरिएको हो । पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको विषयमा पार्टीभित्र तीव्र असन्तोष देखिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij