
Jul 30 2025 | २०८२, साउन १४ गते
काठमाडौं । एनआईसी एशिया बैंकले शेयर धितो राखी ऋण लिन चाहने ग्राहकहरूलाई लक्षित गरी ‘ATHOT Loan Against Share’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
बैंकले यस योजनाअन्तर्गत ग्राहकहरूलाई अत्यन्त प्रतिस्पर्धी ८.७५ प्रतिशत वार्षिक ब्याजदरमा शेयर धितो ऋण उपलब्ध गराउने घोषणा गरेको हो । योजना अनुसार, १ प्रतिशत प्रिमियमसहित ८.७५ प्रतिशत ब्याजदर लागू गरिनेछ ।
बैंकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका शेयर, म्युचुअल फन्ड, बीमा कम्पनी र अन्य अनुमोदित संस्थाको धितोमा आधारित ऋण सेवा प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँसम्मको ऋण लिन सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक) सुवासराज काफ्लेले ग्राहक हितलाई प्राथमिकतामा राख्दै यस्तो योजना सार्वजनिक गरिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij