
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कमिटी बैठक नबोलाएरै वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गरे पनि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वास्थ्यलाई कारण देखाउँदै वरिष्ठ नेता बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए । रञ्जिताले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छिन् ।
‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यबाहक तोकिएको पत्रमा लेखेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij