Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

अख्तियारमा बयान दिएर फर्किन रञ्जिता

अख्तियारमा बयान दिएर फर्किन रञ्जिता

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन शुरु गरेको छ । पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी हुन् ।

    images
    images
    images

    उनले आज बिहान अख्तियार पुगेर उक्त घुस प्रकरणमा बयान दिएकी हुन् । उक्त घुस प्रकरणमा बिचौलियामा भनिएका एमालेका कार्यकर्ता सुजन लामा र निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबीचको लेनदेनमा जोडिएकी श्रेष्ठले अख्तियारमा पुगेर बयान दिएकी हुन् ।

    images

    उनले घुस लेनदेन र कारोबारका लागि संवाद गरेको म्यासेज पनि अहिले भाइरल भइरहेको छ । अख्तियारमा पुगेर उनले भ्वाइस टेस्ट गराउनुका साथै उक्त प्रकरणमा जोडिएका बिषयमा बयान दिएर निस्किएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij