
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । गत आवमा २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको १९.२४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।
भन्सार विभागका अनुसार गत आवमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.२५ प्रतिशत बढी हो । सो अवधिमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, यस अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८१.८० प्रतिशत बढी हो । त्यसबेला १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij