
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राज ले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेड मा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको छ ।
ग्लोबल इक्विटी फन्ड का प्रबन्ध निर्देशक मनीष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसकेको हो । ग्लोबल इक्विटी फन्ड हाउस अफ राजसँग आवद्ध कम्पनी हो । उक्त सम्झौता अहिले राष्ट्र बैंकको स्वीकृतिको प्रक्रियामा रहेको छ ।
फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गतको भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले हाल नेपालभर ठूलो मात्रामा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो । कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा, र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij