Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

अमरराज मिश्रद्वारा राष्ट्रपतिसमक्ष राजीनामा

अमरराज मिश्रद्वारा राष्ट्रपतिसमक्ष राजीनामा

  • काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

    images
    images
    images

    मिश्रले आयोगको सुशासनसँग सम्बन्धित विषयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले संस्थागत मर्यादा, पारदर्शिता र कार्यसम्पादनमा देखिएको कमजोरीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको स्रोतको भनाइ छ ।

    images

    केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीहरूले आफ्नो पदावधिको पूर्ण कार्यकाल काम गर्न सक्ने भनेर फैसला सुनाएको थियो ।

    सो फैसलाले मिश्रको निर्णयसँग मिल्दोजुल्दो सन्देश दिएको भए पनि उनले व्यक्तिगत र सैद्धान्तिक असहमतिका कारण पदबाट अलग हुने निर्णय गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij