Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वतन्त्र सञ्चालक

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ठाकुरलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको हो।

  • काठमाडौं– महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन्। बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ठाकुरलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको हो।

    onlinepatrika
    Arghakhachi

    उनीसँग राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव छ।

    AGNI GROUP

    बैंकको केन्द्री य कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले पदबहाली गरेका छन्। साथै सोही कार्यक्रममा बैंकको सञ्चालक समिति सदस्यहरुले संयुक्त रुपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्। उनको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ।

    सबल बैंक, सफल सहकार्यु को नारालाई आत्मसात् गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij