Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा

मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान

मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान

  • काठमाडौं । मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्का सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न सबैलाई सतर्क र सक्रिय रहन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष आह्वान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल द्वारा जारी विज्ञप्तिमा विपद्को जोखिम न्यूनीकरण, घटना पछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरू लाई अपिल गरिएको छ ।

    AGNI GROUP

    विज्ञप्तिमा भनिएको छ, ‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।’

    रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न आग्रह गर्दै, ‘सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’भनेको छ ।

    कार्यवाहक सभापति अर्यालले पार्टीका सबै सदस्यहरू लाई उच्च सतर्कता अपनाउन र मानवीय सेवाको उच्चतम भावनाका साथ तयारी अवस्थामा रहन विशेष अपिल गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij