Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाल्पामा तीन वर्षमा ३ करोडभन्दा बढी ट्राफिक जरिवाना, १२४ को मृत्यु

पाल्पामा तीन वर्षमा ३ करोडभन्दा बढी ट्राफिक जरिवाना, १२४ को मृत्यु

  • काठमाडौं । पाल्पामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५९ हजार ७५५ सवारी चालकबाट तीन करोड २१ लाख ९० हजार ६ सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त रकम राजस्वको रूपमा संकलन गरिएको हो ।

    AGNI GROUP

    कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, निर्धारित भन्दा बढी भाडा असुली, निजी सवारीलाई भाडाका गाडीझैँ प्रयोगलगायतका अवैध क्रियाकलापमा संलग्न सवारी चालकहरूबाट जरिवाना असुल गरिएको हो ।

    तीन वर्षको अवधिमा जिल्लामा २४३ वटा सवारी दुर्घटना भएका छन् । तीमध्ये १२४ जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन् ।

    दुर्घटनाको प्रमुख कारण जीर्ण सडक, तीव्र गति, चालकको लापरवाही र मादक पदार्थ सेवन गरेर गाडी चलाउने प्रवृत्ति रहेको ट्राफिक प्रमुख आचार्यले बताए ।

    उनका अनुसार ट्राफिक सचेतनामूलक कार्यक्रमका साथै निगरानी तथा निगरानी प्रविधि थप गर्दै उल्लङ्घन न्यूनीकरणमा जोड दिइनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij